ओलीलाई भेट्नुअघि वामदेव फकाउन भैँसेपाटी पुगे प्रचण्ड

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नुअघि उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् ।

केही दिनअघि वामदेवले प्रधानमन्त्रीकाे पक्ष लिँदै ६ बुँदे प्रस्ताव पार्टीमा पेश गरेका थिए । प्रस्तावकाे पहिलाे बुँदामा प्रम ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालकाे बाँकी अवधिभर प्रधानमन्त्रीकाे जिम्मेवारीमा रहने उल्लेख थियाे । वामदेवकाे उक्त प्रस्ताव लगतै प्रम ओली पनि यसअघि नै उनलाई भेट्न उनकाे निवास पुगेका थिए ।

वामदेवकाे उक्त प्रस्तावपछि उनी ओली निकट हुन पुगेको पार्टीमा विश्लेषण चलिरहेका बेला प्रचण्ड पनि भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्ड अहिले आफ्नै निवास फर्किसकेका छन् ।

आजै साँझ पाँच बजे प्रचण्ड र ओलीबिच छलफल हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =