फेरि लकडाउन गर्ने/नगर्नेबारे विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । लकडाउन हटाएयता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन् । संघीय राजधानी काठमाडौंंसहित देशभर संक्रमण बढेपछि प्रधानमन्त्रीले संक्रमण कसरी रोक्न सकिन्छ ? भन्नेबारे विज्ञसँग सामूहिक परामर्श गर्न लागेका हुन् ।

बिहान ११ बजे २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा चिकित्सक, नर्स, जनस्वास्थ्यविद् तथा स्वास्थ्य क्षेत्रका संघसंस्थाका प्रतिनिधि सहभागि रहनेछन् ।

समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न विज्ञलाई बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ ।

यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए । साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ । बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *