कौडा र तास खेलिरहेको अवस्थामा टोखाबाट १ लाख नगदसहित ४ जना पक्राउ
२०७७ साउन १९ गते

प्रतिकात्मक तस्वीर
काठमाडौं । काठमाडौंको टोखामा कौडा र तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले टोखा नगरपालिका–६ बस्ने धर्म श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–६ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका-३ घर भएका ३२ वर्षीय पुरन श्रेष्ठसहित ४ जना पक्राउ गरेकाे हाे ।
उनीहरूकाे साथबाट नगद १ लाख ८ हजार ५ सय ५० रुपैयाँ र १६ वटा कौडा बरामद भएकाे छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








