प्रचण्डलाई बाबुरामको प्रश्न- ‘भोलि ओलीका चरणमा धूपबत्ती गर्ने हो कि ?’

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहयात्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रचण्डको जनयुद्धको नायकत्वमाथि शंका व्यक्त गरे ।
प्रचण्डले प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा आलीलाई स्वेच्छाले पद छोडेर निकास दिन आग्रह गरेको खबर बाहिर आएपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो । भट्टराईले ओलीको अडानसामु प्रचण्ड निरीह भएको दाबी गर्दै त्यसलाई ‘पानीआन्द्रे हर्कत’को संज्ञा दिएका छन् ।
उनले लेखेका छन्- ‘पद स्वेच्छाले छाडेर निकास दिन आग्रह रे ! भोलि ओलीका चरणमा धुपबत्ती गर्ने हो कि ! ओली बरू आफ्नो निरंकुशर फासिष्ट सोच र अडानमा दृढ देखिए’ भट्टराईले हालै ट्विट गर्दै भनेका छन्, ‘लुई चौधौंले आइ एम द स्टेट भने झैं ओली हाकाहाकी आइ एम द पार्टी भनिरका छन् । तर, प्रचण्डको पानीआन्द्रे हर्कत देख्दा यी जनयुद्धकै नायक हुन् त ? शंकै लाग्यो !’
‘पद स्वेच्छाले छाडेर निकास दिन आग्रह’ रे! भोलि ओलीका चरणमा धूपबत्ती गर्ने हो कि?ओली बरू आफ्नो निरंकुश/फासिष्ट सोच/अडानमा दृढ देखिए! लुइ चौधौंले I am the state भने झैं ओली हाकाहाकी I am the Partyभनिरहेछन्। तर प्रचण्डको पानीआन्द्रे हर्कत देख्दा यी जनयुद्धकै नायक हुन् त?शंकै लाग्यो! https://t.co/z1jpkyCdjd
— Baburam Bhattarai (@brb1954) August 2, 2020








