‘इ’ को सत्याग्रहमा डा. कोइराला र पौडेलको ऐक्यवद्धता

काठमाडौं । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकारले लापरवाही गरेको भन्दै सबल व्यवस्थापनको माग गर्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’का युवाको सत्याग्रह प्रति कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ऐक्यवद्धता जनाएका छन् ।

आज बसन्तपुरमा पुगेर कांग्रेस नेता डा. कोइरालाले सत्याग्रहमा बसेका युवा ‘इ’को आन्दोलन प्रति समर्थन जनाएका हुन् ।
पानी समेत नखाइ सत्याग्रहमा बसेका ‘इ’को स्वास्थ्यवस्थाको जानकारी लिँदै डा. कोइरालाले केपी ओली सरकार आम जनताको स्वास्थ्य सुरक्षा प्रति गम्भिर नभएको बताए ।

डा. शेखर काेइराला इनफ इज इनफका अभियान्तासँग ।

उनले कोरोना भाइरसको प्रकोपमा जनताहरु दिनदिँदै पर्दै गएको भएपनि सरकारले महामारी नियन्त्रण गर्नुभन्दा पनि भ्रष्टाचार गर्न उद्यत रहेको जनाए । साथै डा. कोइरालाले राज्यले आम जनतालाई गुणस्तरीय शिक्षा दिनुपर्ने माग गर्दै चलाएको सत्याग्रहमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै युवाहरुले उठाएको माग सरकारले तत्कालै सुन्नुपर्ने जनाए ।

जनतालाई राज्य छ भन्ने अनुभूत दिलाउन पनि सरकारले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औंल्याए । डा. कोइरालासँगै कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे तथा जिवन परियार समेत उपस्थित थिए ।

यसैगरी आजै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बसन्तपुर पुगेर सत्याग्रहीको आन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन् । सभापति शेरबहादुर देउवा पुगेको भोलिपल्ट कांग्रेस बरिष्ठ नेता पौडेल अनसनरत ‘इनफ इज इनफ’का अभियन्तालाई भेट्न पुगेका हुन् ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेल

१६ दिनदेखि अनसन बसिरहेका ‘इ’ लगायतलाई भेटी पौडेलले मागहरुमा समर्थन जनाउनुका साथै स्वास्थ्यलाभको कामना पनि गरेका थिए । क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै अनसनमा बसेका अभियन्ताहरुलाई भेटेपछि पौडेलले सामान्य तर जनताका अति आवश्यक मागहरु राखेर अनसनमा बसेका युवाहरुका कुरा नसुन्नु सरकारको अटेरीपन रहेको बताएका थिए ।

असनसनरत अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि उनीहरु फेरि अनसन बसेका हुन् । उनीहरुको स्वास्थ्यवस्था दिनप्रतिदिन खस्कँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *