कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न राप्रपा अध्यक्ष थापाको निर्देशन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

पार्टी सम्बद्ध जनवर्गीय सङ्गठनको संयुक्त भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको भन्दै कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्ताहरूलाई आग्रह गरे ।

मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको चर्चा गर्दै थापाले तल्लो तहसम्म सङ्गठन निर्माणमा जुट्नु पर्ने आवश्यकता औँल्याए । पार्टी एकतासँगै जनवर्गीय सङ्गठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गर्दै थापाले साङ्गठनिक सुदृढीकरणका गतिविधिमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सिद्धान्तनिष्ट कार्यकर्ताको बलमा मात्र पार्टीले सफलता प्राप्त गर्ने भन्दै थापाले प्रशिक्षण अभियानलाई सघन रूपमा सञ्चालन गर्न निर्देशन दिए ।

नेकपा र नेपाली काँग्रेसको विकल्पको रूपमा राप्रपालाई जनताले हेरिरहेको भन्दै थापाले जनताको माझबाट जनअनुमोदित गराएर एजेन्डालाई स्थापित गरी छाड्ने दृढता व्यक्त गरे । सो अवसरमा विभिन्न जनवर्गिय सङ्गठनका प्रमुखहरूले आ–आफ्नो धारणा राखेका थिए भने अन्य पार्टी नेताहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =