बालुवाटारमा ओली-प्रचण्डबीच छलफल, झलनाथ खनाल पनि सहभागि

काटमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ । वरिष्ठ नेता झलनाथ खनालसहित दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।
नेकपाभित्र केहि दिनयता देखिएको संवादहीनताको अवस्था छलफलको चरणमा प्रवेश गरेको हो । १३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा ओलीले स्थगित गरेका थिए । बैठक अन्तिम समयमा स्थगित गरेको भन्दै ओलीसँग दाहाल पनि आक्रोशित बनेका थिए । त्यसपछि दुई अध्यक्षबीचको संवाद नै टुटेको थियो ।
असार १० गतेदेखि जारी रहेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटीको बैठक विवाद र चर्काचर्कीका माझ अझै निरन्तर छ । तर यो अवधिमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्को पक्षको अगुवाइ गरेका अर्का अध्यक्ष प्रचण्डबीचको समूहबीचको रस्साकस्सी झन् झन् चर्किएको छ ।








