अभियन्ता हरि नेपालीलाई निःसर्त रिहा गर : संयुक्त राजनीतिक दलित संघर्ष समिति

काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिले अभियन्ता हरि नेपालीलाई निःसर्त रिहाइको माग गरेको छ ।

नेपाली कांग्रेस, जनता समाजवादी, साझा पार्टीलगायतका १ दर्जन दलहरु आबद्ध संघर्ष समितिले आन्दोलनको घटक संगठनका अभियन्ता हरि नेपालीलाई विनापूर्जी प्रहरीले पक्राउ गरेको कदमलाई निन्दनीय भन्दै निःसर्त रिहाइको माग गरेको हो ।

गत ४ श्रावणमा संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौं र दलित नागरिक समाजको संयुक्त आयोजनामा रुकुम–सोती नरसंहार लगायत देशैभरी दलित समुदायमाथि भइरहेको हत्या, हिंसा छुवाछुत र जातीय विभेदको अन्त्यका लागि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यतामा पुरानो बानेश्वरमा सम्पन्न अन्तरक्रियापछि अभियन्ता नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो ।

विज्ञप्तिको पूर्ण पाठ

मितीः२०७७/०४/१७

संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौंको घटक दलित मुक्ति मोर्चा नेपालको केन्द्रीय सचिवालय सदस्य हरि नेपालीलाई यही मिति २०७७ साउन ४ गते संघर्ष समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रमस्थलबाटै विना पुर्जी पक्राउ गरेको घटना प्रति समितिको विशेष ध्यानाकर्षण भएको छ ।

साउन ४ गते संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौ र दलित नागरिक समाजको संयुक्त आयोजनामा रुकुम(सोती नरसंहार लगायत देशैभरी दलित समुदाय माथि भइरहेको हत्या, हिंशा छुवाछुत र जातिय विभेदको अन्त्यका लागि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यतामा पुरानो वानेश्वरमा अन्तर्कृया गरिएको थियो ।

अन्तर्कृया समापन लगत्तै आयोजक समितिको घटक संगठनका सदस्य नेपालीलाई साधा पोशाकका प्रहरीले पक्राउ गरेको घटनाप्रति समिति घोर भर्त्सना गर्दै तत्काल रिहाईको माग गर्दछ ।

दलित समुदाय माथि देशैभरी भइरहेको हत्या, हिंशा र विभेद विरुद्ध शान्तिपूर्ण रुपमा आन्दोलित अभियन्तालाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दलित समुदायमाथिको अत्यन्त अनुदार ब्यवहार हो भन्ने समितिको ठहर छ ।

ओली सरकारको दलित समुदायप्रति यस प्रकारको रबैया र हर्कत अत्यन्त निन्दनिय रहेको निष्कर्ष सहित हामी घटनाको भर्त्सना गर्दै विना सर्त अभियन्ता नेपालीको तत्काल रिहाईको जोडदार माग गर्दछौं ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिमा आवद्ध घटक संघरसंगठनहरु

९नेपाल दलित संघ, संघिय दलित मुक्ति महासंघ, दलित मुक्ति मोर्चा, नेपाल, नेपाल दलित मुक्ति मोर्चा, नेपाल राष्ट्रिय दलित केन्द्र,जातिय समता समाज,जात ब्यवस्था उन्मूलन मोर्चा, नेपाल, साझा सामाजिक न्याय,संयुक्त दलित अधिकार मंच, नेपाल, संघीय दलित शिल्पी मन्न्च, नेपाल राष्ट्रीय दलित मुक्ती मोर्चा, राष्ट्रिय प्रजातान्त्रिक उत्पिडीत संघ, राष्ट्रीय दलित मोर्चा, विभेद मुक्ति प्रगतीशील समाज

मा. मीन विश्वकर्मा
संयुक्त राजनीतिक दलित संघर्ष समितिको तर्फबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *