तुलसीलालको सपना पूरा गर्न एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीलाल अमात्यको सपना पूरा गर्न पार्टी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन् । अमात्यको २३ औं स्मृति दिवसका अवसरमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै उहाँका लगायतका पहिलो पुस्ताका नेताहरुले पसिना सिंचेर निर्माण भएको पार्टीलाई एकतावद्ध भएर अघि बढाउनु अपरिहार्य रहेको बताएका हुन् ।
पूराना नेताहरुको बाटोलाई आत्मसाथ गर्दै समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अगाडि सारेको प्रधानमन्त्रीको भनाई छ । ‘पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट हामी समृद्धि हासिल गर्ने छौँ,’ वक्तव्यमा भनिएको छ- ‘समानतालाई समृद्धिसँग जोडर मुलुकमा परिवर्तन ल्याउन हामी अग्रसर रहेका छौं । जनताको जीवनमा समृद्धि सहितको समानता हासिल गरी हामीले तुलसीलाल अमात्यको योगदानलाई चिरस्मरणीय बनाउनु पर्नेछ ।’
विभाजित रहेको नेपाली कम्युनिस्ट आन्दोलन एकतावद्ध, राष्ट्रव्यापी र मजबुत बनाउन अमात्यको योगदान महत्वपूर्ण गरेको पनि उनले बताएका छन् । ‘पार्टीले करिब दुईतिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ । तुलसीलाल अमात्यको जुन राजनीतिक उद्देश्य थियो, त्यसलाई आज हामीले धेरैहदसम्म पूरा गरेका छौं । आर्थत् आज हामीले उहाँ लगायत अग्रजहरुकासपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेका छौँ,’ वक्तव्यमा भनिएको छ ।
हेर्नुहोसु वक्तव्यको पूरा पाठ :-








