सुशान्तकि प्रेमिका भन्छिन्- ‘थप अनुसन्धान रोकिनुपर्छ’

काठमाडौं । बलिउड अभिनेता सुशांत सिंह राजपूत मृत्यु प्रकरणमा बिहार सरकारले पनि सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । जसमा राज्य सरकारको बिहार पुलिसले यस केसको अनुसन्धान जारी राख्नुपर्ने उल्लेख छ ।

सरकारले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीकाे मागको विरोध पनि गरेको छ । रियाले भनेकी थिइन् – ‘बिहार पुलिसलाई थप अनुसन्धान गर्नबाट रोकिनुपर्दछ ।’ रियाेकाे साेही मागकाे विहार सरकारले विराेध गरेकाे हाे ।

यसैबीच रियाले सुशान्तकाे परिवारले विना प्रमाण आफूमाथि आत्महत्याको आरोप लगाएकाे दाबी पनि गरेकी छिन् । रियाले यी आरोपहरू पटनाबाट मुम्बईमा हस्तान्तरण गर्न सर्वोच्च अदालतमा दर्ता समेत गराइसकेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *