प्रहरी प्रधान कार्यालयका थप १८ प्रहरीमा काेराेना संक्रमण पुष्टि

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ जना प्रहरीमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । महाराजगञ्जस्थित नेपाल प्रहरीको अस्पतालमा भएको परीक्षणमा थप १८ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।

याेसँगै प्रहरी हेड्क्वार्टरमा मात्रै काेराेना संक्रमितकाे संख्या ७२ पुगेकाे प्रहरी प्रवक्ता एसएसपी कुवेर कठायतले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार संक्रमित सबैलाई अस्पताल भर्ना गरेर उपचार थालिएको छ । संक्रमितहरूकाे सम्पर्कमा आएकाहरूकाे पनि कन्ट्याक्ट ट्रेसिङ र स्वाब परीक्षण कार्य भइरहेकाे छ ।

आज १८ जना संक्रमति थपिएसँगै देशभर काेराेना संक्रमित प्रहरीकाे संख्या २ सय ५० पुगेको छ । संक्रमितमध्ये केही उपचारपछि निकाे भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारसम्म दिएकाे जानकारी अनुसार नेपालमा काेराेना संक्रमितकाे संख्या १९ हजार ५४७ छ । संक्रमितमध्ये १४ हजार २४८ जना निकाे भइसकेका छन् । हालसम्म ५२ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =