संखुवासभामा अवैध काठ बरामद, संलग्न मानिस फरार

विराटनगर । संखुवासभा मादी नगरपालिकाबाट अवैध काठ प्रहरीले बरामद गरेको छ । मादी नगरपालिकाका विभिन्न स्थानमा बुधवार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएका प्रहरी टोललीले चेक जाँच गर्ने क्रममा घरमा लुकाई छिपाई राखेको अवस्थामा काठ फेला पारेको प्रहरीले जनाएको छ ।

चाँप, अँगारे पाल्ते लगायतका विभिन्न प्रजातिका रुख जंगलबाट अबैधरुपमा कटानगरी मादी नगरपालिका-२ सानो ओईराङ बस्ने नारायण कडेल को घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्त प्रहरी निरिक्षक सन्तोस कुमार राईले जानकारी दिए । प्र्रवक्ता राईका अनुसार कडेलको घर देखि बाहिर वेवारिसे अवस्थामा ३०७ क्यू. फिट काठ बरामद भएको थियो ।

स्थानियको अनुसार उक्त कटान गरी राखिएको काठ मादी नगरपालिका-२ का शशी लिङथेप र मादी नगरपालिकका- १ का कृष्ण भनिने रविन कुमार ल्हो तामाङसमेतले जंगलबाट अवैधरुपमा कटान गरी राखेको बताएका छन् ।

अवैध काठ कटानमा संलग्न मानिसहरु हाल फरार रहेको र उक्त मानिसहरुको खोजतलास, अनुसन्धान भईरहेको प्रवक्ता राईले जानकारी दिएका छन् । बरामद भएको काठ डिभिजन वन कार्यालय चैनपुरलाई बुझाईएको संखुवासभा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =