वीपी प्रतिष्ठानमा आज भर्ना भए ८ जना कोरोना संक्रमित
२०७७ साउन १५ गते

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज ८ जना नयाँ कोरोना संक्रमित भर्ना भएका छन् ।
प्रतिष्ठानमा आज विभिन्न जिल्लाबाट ८ जना नयाँ कोरोना संक्रमित भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार हाल प्रतिष्ठानमा २९ जना कोरोना संक्रमित उपचाररत छन् ।
प्रतिष्ठानबाट हालसम्म २७३ जना कोरोनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

२०७७ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








