विवादमा तानिएपछि चितवन राष्ट्रिय निकुञ्जका वार्डेन परिवर्तन

चितवन । विवादमा तानिएपछि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) परिवर्तन गरिएको छ । यस अघिका चिफ वार्डेन (प्रमुख) नारायण रुपाखेती साउन १४ गते बुधबार विभाग तानिएका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले रुपाखेतीको ठाउँमा अणनाथ बराल आउने जानकारी दिए ।

बराल बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख हुन् । केही वर्ष अघि उनी चितवन निकुञ्जकै सहायक वार्डेन थिए ।

३ दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा विवादास्पद र अमानवीय घटना भएपछि सरुवा भएका रुपाखेतीको आलोचना भएको थियो । साउन १ गते निकुञ्जको लिगलिगे पोष्टका सेनाको कुटपिटबाट राप्ती २ का २४ वर्षीय राजकुमार चेपाङको उपचारको क्रममा साउन ७ गते निधन भएको आरोप छ । घटनामा अन्य ४ जना युवामाथि कुटपीट भएको थियो ।

त्यस्तै साउन ३ गते माडीस्थित कुसुम खोलामा रहेका चेपाङको २ घरमा निकुञ्जले आगजनी र हात्ती लगाएर भत्काउने काम भएको थियो । त्यसपछि चितवन निकुञ्ज र त्यसका प्रमुखको सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =