‘नेकपा एकताको दिशामा आइसक्यो’

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रित भएको दावी गरेका छन् ।

बुधबार आयोजित साक्षात्कारमा नेता थापाले नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको बताउँदै यस्तो दावी गरेका हुन् ।

गत मंगलबारको नेकपाको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको उनको भनाइ छ ।

“हिजोबाट हाम्रो पार्टी एकताताको स्पिरिटमा आइपुगेका छौं । अब यही कोर्षमा पार्टी अघि बढ्छ, म एकताको पक्षमा छु ।” उनले भने, ‘म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।’

उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक सङ्घर्षले पार्टी टुटफूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भए पनि पार्टी फुटको चरणमा नभएको दावी पनि गरे ।

उनले त्यसअघि थपे, ‘हाम्रो पार्टी फुटको चरणमा छैन । तर शक्ति सङ्घर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति सङ्घर्ष कुनै वैचारिक होइन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *