भाटभटेनीको सामान बोकेको ट्रक त्रिसुलीमा खस्यो
२०७७ साउन १५ गते

चितवन । आज विहान चितवनको नाग्दि खोलामा एउटा मालवाहक ट्रक खसेको छ ।
आज विहान करिब ८ः२५ बजे चितवन ईच्छाकामना गाउँपालिका वडा नं. ५ नाग्दी खोलामा काठमाडौंबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक र बिराटनगरबाट काठमाडौं तर्फ जाँदै गरेको डिब्बा ट्रक एक आपसमा ठक्कर खाँदा ना ३ ख ८९८७ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
भाटभटेनीको सामान लोड ना ३ ख ८९८७ नम्बरको डिब्बा ट्रक त्रिसुली नदीमा खसेको हो । ट्रकको चालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे ३ बस्ने बर्ष ३५ को राजेन्द्र बस्नेत ट्रकबाट हामफाली सामान्य घाईते भएका छन् । उनको स्थानिय मेडिकल मुग्लिङमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
२०७७ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








