वीपीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु, तीन नयाँ संक्रमित थपिए

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आज (बुधबार) साँझ ४ः४५ बजे मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ती बिरामीलाई आज एक बजेतिर सिकिस्त अवस्थामा प्रतिष्ठानसँग समन्वय नगरी विराटनगरको कोभिड १९ अस्पतालबाट वीपीमा ल्याइएको उनले बताए । बिरामी गम्भीर अवस्थामा भएकाले भेन्टिलेटरमा राखि उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

त्यस्तै पछिल्लाे २४ घण्टामा ३ नयाँ काेराेना संक्रमित प्रतिष्ठानमा भर्ना भएका छन् । प्रवक्ता सापकाेटाका अनुसार हाल त्यहाँ १६ जना संक्रमित उपचाररत छन् । त्यहाँबाट २७३ जना उपचारपछि निकाे भएर डिस्चार्ज भइसकेका छन् । प्रतिष्ठानमा हालसम्म १४ हजार ३८७ जनाकाे पीसीआर परीक्षण भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =