अमेरिकामा रहेका नेपालीको सहयोगमा धरानमा राहत वितरण

धरान । सामाजिक अभियन्ता छिरिङ राप्के लामा (न्यूयोर्क) र विजय बस्नेत (टेक्सास) तथा घ्यालसुम्दो सेवा संस्था, न्यूयोर्क, अमेरिकाको सहयोग र ग्रामीण क्लब हाउस, इटहरी सुनसरीको आयोजनामा धरानका कोरोना तथा बाढी पिडित र अति विपन्न ४१ परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ ।

धरानका ८, ११, १७ र १९ का कोरोना पिडित, बाढी पिडित र अति विपन्नहरुलाई राहत वितरण गरिएको ग्रामिण क्लब हाउस, इटहरीका महासचिव धर्मप्रसाद सुवेदीले बताए ।

नेपाली कांग्रेसका सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङको प्रमुख आतिथ्यमा राहत वितरण सम्पन्न गरिएको उनले बताए । प्रमुख अतिथि तामाङले सहयोग गर्ने सामाजिक अभियन्ताद्वय छिरिङ राप्के लामा, विजय बस्नेत र न्यूयोर्क अमेरिकास्थित ध्याल्सुम्दो सेवा संस्था तथा राहत व्यवस्थापन गर्नेे हाल अमेरिकामा रहेका ग्रामीण क्लब हाउस इटहरी, सुनसरीका अध्यक्ष मुकुन्द सुवेदीलाई विशेष धन्यवाद दिएका छन् ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका धरान नगर सहसचिव पञ्चकला राई, ११ नं. वडा सभापति लोकेन्द्र फागो, १७ नं. वडा सभापति पुष्पा राई, ८ नं. कोषाध्यक्ष विष्णु मोक्तान, क्षेत्रीय प्रतिनिधिहरु राम तामाङ, तिलक सुनुवार, युवा नेता रोशु रेग्मी, युवा नेता गोपाल कार्की, तरुण दलका नेता नरसिंह राई, जी.पी. फाउण्डेसन सुनसरीका सदस्य राजु साह, टोल विकास समितिका अध्यक्ष सुर्य तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *