लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेशः सुनिल थापा
२०७७ साउन १३ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनिल थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।
आज (मंगलबार) नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेशका क्रममा उनले अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको पनि बताए ।राप्रपाबाट सूर्यबहादुर थापाको दृष्टिकोण लोप भएकोले कांग्रेस प्रवेश गरेकाे उनकाे भनाइ छ ।
उनले कांग्रेसका संस्थापक नेता वीपी काेइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा लगायतकाे स्मरण पनि गरे । राप्रपाका संस्थापक थापा उनका पिता हुन् ।
२०७७ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित








