पार्टी विग्रह तत्काल रोक्न दुई अध्यक्षलाई वामदेवकाे ६ बुँदे प्रस्ताव

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का उपाध्यक्ष बामदेव गौतमले पार्टी विग्रह तत्काल राेक्नका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष ६ बुँदे प्रस्ताव पेश गरेका छन् ।
प्रम ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालकाे बाँकी अवधिभर प्रधानमन्त्रीकाे जिम्मेवारीमा रहने उनकाे प्रस्तावमा उल्लेख छ ।
अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा पनि उनले प्रस्ताव गरेका छन् । अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमै गर्ने पनि उनकाे प्रस्ताव छ ।
यस्ता छन् वामदेव गाैतमका ६ प्रस्तावः

यस्ता छन् वामदेव गौतमका ६ प्रस्ताव ः
केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने ।
पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने ।
पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने ।
प्रधानमन्त्रीका दैनन्दिनतका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।
पार्टी केन्द्रीय सचिवालको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालको परामर्श लिने ।
अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने ।








