नेकपा स्थायी कमिटी बैठक अनिश्‍चितकालसम्म स्थगित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) काे आज (मंगलबार) बिहान ११ बजे बस्ने भनिएको बैठक पनि स्थगित भएको छ । केहीबेरअघि अर्को सूचना नआएसम्मका लागि स्थगित भनिएकाे बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएकाे हाे ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचकाे छलफलपछि बैठक स्थगित गरिएकाे बताइएकाे छ । अब दुवै अध्यक्षको परामर्शपछि बैठकको मिति टुंगो लाग्ने स्थायी समितिका एक सदस्यले बताए ।

यसअघि साउन ६ गते बाढी-पहिरो पीडितको उद्धार र राहतका लागि भन्दै बैठक एक साताका लागि स्थगित गरिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =