बागलुङमा पहिरोः तीन बालबालिकाको मृत्यु

काठमाडौं । बाग्लुङका छुट्टाछुटै स्थानमा गएको पहिरोले पुरिएर ३ जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा ३ बालबालिकाको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले दिएको जानकारी अनुसार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका-२ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको छ ।

दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक घाइते भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । यस्तै गएराती निसीखोला गाउँपालिका-१ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । छोरी र श्रीमतीले भागेर ज्यान बचाएका छन् ।

निसीखोला गाउँपालिकामा नै करिब ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *