सजिलो मेडसको कार्य सुरु : अब घरघरमै मेडिकल सेवा

काठमाडौँ । सजिलो मेडिकल सेवाले घरघरमै मेडिकल सम्बन्धी विभिन्न सेवा पुर्याउन कार्य सञ्चालन सुरु गरेको छ । ‘अनलाइन फर्मा सबैको घर घरमा’ मूल उद्देश्य लिएर विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घर घरमा मेडिकल परामर्श, औषधी आपूर्ति र स्वास्थ्य परीक्षण गर्ने सेवा दिने भएको हो ।
मेडसले पहिलो चरणमा इमर्जेन्सी पर्दा अनलाइनबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पुर्याउने र दोस्रो चरणमा काठमाडौँ भित्र तोकेको केन्द्रबाट ल्याब सेवा प्रदान गर्ने जानकारी दिएको छ। यो सबै कार्य मैतीदेवीस्थित कार्यालयबाट अनलाइन सफ्टवेयर मार्फत सञ्चालन, नियन्त्रण र निर्देशन गर्ने कार्यक्रम रहेको छ। कम्पनीको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई रहेका छन् ।
वैदेशिक रोजगारी र अध्ययनको लागि प्रायः प्रत्येक घरबाट विदेशिएको कारण घरमा रहने वृद्ध वृद्धलाई स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले पनि सजिलो मेडसको अवधारणा ल्याइएको हो।
विदेशमा लामो समय काम गरेका दक्ष व्यक्ति, काठमाडौँका प्रतिष्ठित डाक्टर, औषधी व्यवसायी र प्रोफेसनल मिलेर कम्पनी स्थापना र सञ्चालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधी घरघरमा पुर्याउन सकिने प्रतिबद्धता व्यक्त गर्न मेडस सञ्चालक रमेश कुमार भट्टराईले जानकारी दिए ।








