प्रदेश १ मा थप २३ जनामा कोरोना संक्रमण पुष्टि,

विराटनगर । प्रदेश १ मा आज (सोमबार) थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १/१ जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मोरङको विराटनगरमा ५ महिला र २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बाह्रदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १/१ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९ सय ४५ पुगेको छ भने ७ सय ४७ जना डिस्चार्ज भईसकेका छन् ।

प्रदेश १ मा आज (सोमबार) ५ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म प्रदश १ मा मात्रै कूल ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *