धरानमा आगलागी: करिब २० पसल जलेर नष्ट, लाखौंको क्षति

धरान । सुनसरीको धरान उपमहानगरपालिका-२ चन्द्रपुर पालिका तरकारी बजारमा लाइनमा आज बिहान आगलागी हुँदा लाखौंको क्षति भएको छ । आगलागीबाट करिब २० बटा पसल जल्दा झण्डै ५० लाख बराबरको क्षति भएको हो ।

आगलागीबाट स्थानीय रमा चौहन खतीवडा, कल्पना तामाङको होटेल तथा फलफुल पसल, ज्ञान कुमारी श्रेष्ठको फलफुल तथा किराना पसल, लगायतका करीब २० वटा पसल पूर्णरुपले जलेर नष्ट भएको प्रत्यक्षदर्शी अटो चालक लोकबहादुर मगरले जानकारी दिए ।करिब बिहान साढे ४ बजे तिर व्यावसायी रमा चौहान खतीवडाको कस्मेटिक पसलबाट विद्युत सर्ट भई आगलागी सुरु भएको स्थानीय भक्तबहादुर बटुवालले जानकारी दिए । उनका अनुसार आफूले बिहानै आगलागी भएको देखेर व्यवसायी खतीवडालाई फोन गरी बोलाएका थिए ।बजार क्षेत्रका सबै पसलेहरु करिब ९ बजे पसल बन्द गरी घर गएको र बिहान पसल खोल्न आईनपुग्दै आगाले सबैको पसल खरानी पारेको स्थानीयहरुले बताएका छन् ।आगलागी बिहान कबिर ५ बजेतिर स्थानीयवासी, धरान उपमहानगरपालिकाको बारुणयन्त्रको र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागी के कसरी भयो भन्ने खुल्न सकेको छैन भने क्षतिको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *