प्रचण्डको गुनासो, ‘कैयौंचोटी भेट्न खोजें, लेखराजजी सम्पर्कमै आउनुभएन’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सम्पर्कमै नआएका गुनासो गरेका छन् ।

आफूले व्यक्तिगत रूपमा अरु नेताहरुमार्फत् खुमलटार भेट्न आउन आग्रह गर्दासमेत भट्टले चासो नदेखाएको प्रचण्डले गुनासो गरेका छन् ।

सुदुरपश्चिमका सह–इन्चार्ज एवम् केन्द्रीय सदस्य खगराज भट्टसँग गएका केन्द्रीय सहित ३० जना नेता कार्यकर्ता आइतबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार गएका बेला लेखराज भट्टका विषयमा उनले गुनासो गरेका हुन् ।

“लेखराजजीलाई मैले माया गरेरै स्थायी कमिटीमा ल्याएँ । अहिले मन्त्री बनाएँ । जनयुद्धभर सायद सुदुरपश्चिमका अरु नेताभन्दा उहाँलाई अतिरिक्त माया गरेरै पार्टीमा अघि बढाएँ ।” प्रचण्डलाई उदृत गर्दै एक नेताले बताए, ‘पार्टी एकता भएपछि उहाँ प्रधानमन्त्रीतिर जानु ठिकै हो । पार्टी एकआपसमा अन्तरघुलित पनि हुन्छ । त्यो त ठिकै हो। तर यति अनुरोध गर्दा पनि मलाई भेट्न आउनुभएन ।’

पार्टीमा कुन कित्तामा लाग्ने आफ्नो व्यक्तिगत इच्छा भएपनि बोलाउँदा इन्कार गर्नु ठिक नभएको प्रचण्डले उल्लेख गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =