जोशीसहितका नेतालाई पार्टीबाट निष्कासन गर्नु दुर्भाग्य : नेता कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशीलगायतलाई पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य भएको बताएका छन् ।

नेता कोइरालाले आइतबार (आज) आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा लैख्दै यस्तो उल्लेख गरेका हुन् । आधारहीन र मनगढन्ते तर्क अगाडि जोशीसहितका नेताहरुलाई पार्टीबाट निष्कासन गरिएको कोइरालाले औंल्याएका छन् ।

कांग्रेसको अनुशासन समितिले शनिबार तनहुँका जोशी, कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । उनीहरुले गत चुनावमा पार्टीलाई असहयोग गरेको आरोप छ ।

नेता कोइरालाले ट्वीटरमा लेखेका छन्, “एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निस्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ?”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *