कांग्रेस नेता गोविन्दराज जोशीसहित तीन नेता पार्टीबाट निस्काशित

काठमाडौं । नेपाली कांग्रसले गोविन्दराज जोशीसहित तीन नतालाई पार्टीबाट निस्काशित गरेको छ । कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो ।

समितिका अनुसार गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको हो ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोपपूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षका लागि पार्टीबाट निस्किासन गरिएको जनाइएको छ । कांग्रेस डडेलधुराका कार्यालय सचिव विष्टलाई भने तीन वर्षका लागि निस्काशन गरिएको छ ।

तीनै जनासँग अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो, । चिक्तबुझ्दो जवाफ नआएको र पार्टीको अनुशासन उंल्लंघन गरेको भन्दै पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =