प्रधानन्यायाधीश चोलेन्द्रलाई पदबाट राजीनामा दिन मिश्रकाे आग्रह

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई साझा पार्टीका संयोजक रविन्द्र मिश्रले राजीनामा दिन आग्रह गरेका छन् । उनले माइतीघर मण्डलामा ‘न्यायका लागि साझा यात्रा’लाई सम्बोधन गर्दै प्रधानन्यायाधिश जबरालाई महाभियोग लगाउनु भन्दा अगाडी नै राजीनामा दिन आग्रह गरेका हुन् ।
मिश्रले सर्वोच्चका प्रधानन्यायाधीश जबराले गरेको निर्णयलाई जनताले स्वीकार गर्न नसक्ने बताए । उनले भने, ‘तपाईँ असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ । तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैनन् ।’
उनले जबराको फैसलालाई त्रुटिपूर्ण भएको भन्दै जबरालाई संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघिनै राजीनामा दिएमा यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुनर्स्थापित गर्न सहायक सिद्ध हुने बताए ।
कार्यक्रम पार्टी कार्यालय बखुण्डोलबाट सुरु भएको थियो । माइतीघर मण्डलामा पुगेर टुंगिएको रयाली समापन भएको थियो । र्यालीमा सहभागीहरुले ‘त्रुटिपूर्ण फैसला रद्द गर, पीडितलाई न्याय गर’ जस्ता नारासहितका प्ले कार्ड बोकेका थिए ।








