हुण्डी कारोवारी १९ लाख ९१ हजार सहित पक्राउ

काठमाडौं । १९ लाख बढि रकम सहित हुण्डी कारोवारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले एक जना हुण्डी कारोवारीलाई १९ लाख ९१ हजार नगदसहित पक्राउ गरेको हो ।

काठमाडौंको विशालबजार नजिकबाट स्याङ्जा घर भई सामाखुसी बस्ने ४० वर्षीय ढुण्डिराज न्यौपानेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्ने क्रममा झोलाबाट रकम बरामद गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजस्व छली गरिरहेको भन्ने सूचनाका आधारमा उपत्यकाका विभिन्न स्थानमा खोजी अभियान चलाउँदै आएको छ ।

यसैगरी  प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । मोबाइल खरिदका लागि एक व्यक्तिलाई नक्कली नोट दिने बाँकेका २२ वर्षीय प्रशान्तसिंह ठकुरीलाई बिहीबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख  प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार रु २० हजार ५०० मा खरिद गरेको मोबाइलको रकम तिर्ने क्रममा रु १९ हजार नक्कली नोट दिएकाले ठकुरीलाई पक्राउ गरिएको हो । अभियुक्त ठकुरीमाथि आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *