पर्सामा ४ भारतीय थुनुवासहित थप ३२ जनामा कोरोना पुष्टि

काठमाडौं । पर्सामा ४ भारतीय र १ नेपाली थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

नयाँ संक्रमितमा २६ जना पर्साको रहेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार अन्यमा ४ भारतीय थुनुवा हुन् भने बारा र सर्लाहीका १-१ जनामा कोरोना पुष्टि भएको हो । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि हो ।

संक्रमण पुष्टि भएका सबैको ट्राभल हिस्टी छैन । ट्राभल हिस्ट्री नभएकाहरुलाई धमाधम संक्रमण पुष्टि हुन थालेपछि पर्सामा समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने नारायणी उपक्षेत्रिय अस्पतालका कोभिड संयोजक डा. उदय सिंहले बताए ।

यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आव्हान गरेको छ । संघले विज्ञप्ति जारी गर्दै साउन ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *