चुनावको बाचा पुरा गर्दै राप्तीका जनप्रतिनिधि,  प्रत्येक वडामा स्वास्थ्य संस्था

चितवन । पहाड र तराई मिलेर वनेको चितवनको राप्ती नगरपालिकामा यसै साता प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना हुँदैछ । यहीँ साता नगरको ७ वटा वडामा स्वास्थ्य संस्था स्थापना भई सेवा सुभारम्भ हुन लागेको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य संस्था नभएका पछिल्लो तीन दिनमा पाँच वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरि सेवा सुभारम्भ भईसकेको राप्ती नगरपालिकाका मेयर प्रभा बरालले बताईन् । राप्ती वडा नम्वर १,३,६,७,८ मा स्वास्थ्य सेवा केन्द्रले सेवा दिन थालिसकेको छ भने आईतवारसम्म वडा नम्वर ४ र ११ को सेवा केन्द्र उद्घाटन गरि सेवा सुभारम्भ हुने मेयर वरालले जानकारी दिईन् ।

राप्तीको वडा नम्वर १०,११,१२ र १३ पहाडी क्षेत्रमा पर्छ । तर वडा नम्वर ११ वाहेक अन्य तीन वटा वडामा यसअघि नै स्वास्थ्य संस्था थिए । समथर भूभाग भए पनि यहाँका धेरै वडा स्वास्थ्य संस्था विहीन थिए । स्थानीय तहको निर्वाचनका वेला जनतासामु वाचा गरेका प्रतिवद्धता पुरा हुँदै गएको राप्तीकी मेयर बरालले बताईन् । उनीहरुले घोषणापत्र मार्फत प्रत्येक वडामा स्वास्थ्य संस्थामार्फत
सेवा पुर्याउने प्रतिवद्धता जनाएका थिए । राप्तीका उपमेयर इमानसिंह लामा प्रत्येक वडामा स्वास्थ्य संस्था पुर्याउन पाउँदा गर्वको महसुस गर्छन् ।

‘संविधानमा सवै वडामा स्वास्थ्य संस्थामार्फत सेवा पुर्याउने भनिएको छ’ उपमेयर लामाले भने, ‘नगरवासीहरुले आफ्नै वडाबाट स्वास्थ्य सेवा पाउँनु खुसीको कुरा हो ।’

आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि संघीय सरकारले राप्तीमा वहुवर्षिय योजना बनाएर वजेट पठाउन सुरु गरेको छ । तर अहिले सेवा केन्द्र भाडामा वसेको छ । सेवा केन्द्रबाट आधारभूत सेवाहरु ज्वरो, पखला, गर्भवती जाँच, खोप, परामर्श सेवा लगायतका सेवा उपलव्ध हुने राप्ती नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख राममणी सिलवालले बताए । राप्तीमा साविक वीरेन्द्रनगर स्वास्थ्य चौकी, पिप्ले स्वास्थ्यचौकी, लोथर स्वास्थ्य चौकी, कोराक स्वास्थ्य चौकी, वासवाङ स्वास्थ्यचौकी र खहरेमा सामुदायिक स्वास्थ्य इकाई रहेका थिए ।

भण्डारा स्वास्थ्य चौकीलाई भने स्तरोन्नती गरी भण्डारा अस्पताल बनाईसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *