भरतपुरमा थप एक जनामा कोरोना पुष्टि

चितवन । चितवनमा थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर–१५ का ४१ वर्षीय पुरुष व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाकाअनुसार उनी हाल क्वारेन्टिनमा छन् ।

बिहीबार १ सय ३९ जनामा गरिएको नमूना परीक्षणका क्रममा अन्य सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *