बेलका नगरपालिकाकी उपमेयरले किन भनिन् ‘धिक्कार छ दुईतिहाइ सरकार’

काठमाडौं । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।

बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै जनतासँग माफी माग्दै पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी छन्। नगरपालिका भित्र कर्मचारी विवादमा उनले राजिनामा दिएकी खुल्न आएको छ । यद्यपि, उपमेयरले यस विषयमा केही खुलाएकी छैनन् ।

उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै नगरपालिकाभित्र भएका काला कर्तुतको विषय कार्यान्वयन नभइपछी राजिनामा दिनु परेको जनाएकी छन् ।

‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ, दुईतिहाइ सरकार !’ मेयर चौधरीले लेखेकी छन् । यस विषयमा उपमेयर चाैधरी तथा मेयर दुर्गाकुमार थापासँग कुरा गर्न पटकपटक सम्पर्क गर्दा पनि दुवैले फाेन उठाइरहेका छैनन् ।

चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन्। यस्तै बेलका नगरपालिका फेसबुक अकाउन्टबाट पनि उपमेयर चौधरीले राजीनामा दिने घोषणा गरेको जानकारी दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *