क्यान्सर अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीको जलेश्वर–२ की ३५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

बुधबार १ सय ५९ जनाको नमूना परीक्षण गरिएकोमा अन्यको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *