थप दुई कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । जनकपुर उपमहानगरपालिका, धनुषामा बस्ने ६० वर्षीय एक पुरुष र पोखरा बसेर काम गर्दै आएका एक चिनियाँ नागरिकको मृत्यु भएको हो ।

धनुषाका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार साँझ निधन भएको हो । उनीमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उपचारका क्रममा उनको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

त्यस्तै ४९ वर्षीया चिनियाँ महिलाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई थप उचारका लागि मणिपाल अस्पतालबाट साउन २ गते काठमाडौंको ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्रिविमा उपचारका क्रममा उनको साउन ७ गते मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *