एसइईकाे रिजल्ट ढिलो हुने, ३० वटा जिल्लाबाट आएन प्राप्ताङ्क

काठमाडौं । एसइईको रिजन्ट ढिलो प्रकाशित हुने भएको छ । कोरोनाको कारणले करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआएको कारण ढिलो हुने भएको हो ।

कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन । सुदूरपश्चिम र प्रदेश १ को पहाडी केही जिल्लाका विद्यालयले प्राप्ताङ्क उपलब्ध नगराएको कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयलाई करिब ३० जिल्लाबाट प्राप्ताङ्क नपठाएका कारण ढिलो हुने देखिएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले भने ‘केही जिल्लाबाट प्राप्ताङ्क आउन नसकेकोले केही समय लागने छ, अहिलेसम्म करिब ४५ जिल्लाबाट प्राप्ताङ्क आइपुगेको, जिल्ला शिक्षा समन्वय समितिले प्राप्ताङ्क पठाउनुपर्ने व्यवस्था छ, तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट नम्बरसहितको काजगात आएको छैन’ ।

पनिकाले सबै समन्वय समितिले प्राप्ताङ्क पठाएपछि विद्यालयको कोड, सिम्बोल नम्बर र सबै विषयको प्राप्ताङ्क इन्ट्री गरेर परीक्षाफल प्रकाशित गर्ने प्रक्रिया शुरु गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *