पार्टीलाई एकताबद्ध बनाउनु नै पुष्पलालप्रतिको सम्मान : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई थप एकताबद्ध बनाउनु नै पुष्पलालप्रति सच्चा सम्मान हुने बताएका छन् ।

नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा बुधबार (आज) विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन् ।

“पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र थप मजबूद बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै क. पुष्पलालप्रतिको सच्चा सम्मान पनि हो ।” नेता नेपालले विज्ञप्तिमार्फत् भनेका छन् ।

यस्तै उनले कम्युनिष्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरु सधैं मार्गदर्शनका रुपमा रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =