चितवनको रत्ननगरमा एक पुरुषमा कोरोना संक्रमण

चितवन । चितवनको रत्ननगरका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रत्ननगर–१३ का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनको रत्ननगर अस्पतालबाट स्वाब लिइएको प्रयोगशालाले जनाएको छ । जनकपुरबाट आएका उनी होम क्वारेन्टाइनमा बसेका थिए ।

मंगलबार १ सय १२ जनाको नमूना परीक्षण गरिएकोमा बाँकी १ सय ११ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =