प्रचण्डलाई झुक्याएर शितल निवास पुर्‍याइएको होइनः प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्याएर शितल निवास नलगिएको स्पष्ट पारेका छन् ।

केही दिनअघि अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेलले आफूलाई परिवन्दमा पारेर शीतलनिवासमा पुर्‍याएको गुनासो गरेका थिए । साथै आफूलाई फसाउने खोजिएको पनि प्रचण्डकाे आरोप थियो ।

मंगलबार बसेको नेकपाको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँगकाे कुराकानीका क्रममा प्रचण्डको सोही अभिव्यक्तिबारे स्पष्ट पार्दै पार्टी प्रवक्ता श्रेष्ठले अध्यक्ष दाहालकाे अभिव्यक्तिमा कुनै सत्यता नभएकाे बताएका हुन् ।

प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष नभएको उनकाे भनाइ छ । ‘उहाँलाई झुक्याएर लगिएकाे हाेइन । उहाँ झुक्किने खालकाे अध्यक्ष पनि हाेइन । झुक्किएर कोही जाँदैन’, प्रवक्ता श्रेष्ठले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =