गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको छ । आज (मंगलबार) थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार ३२९ पुगेको हो ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा म्याग्दीका ३ जना, बागलुङका ३ जना र स्याङ्जाका ३ जना रहेका छन् । संक्रमितहरू २३ देखि ५८ वर्ष उमेर समूहका छन् ।  गण्डकी प्रदेशमा संक्रमितमध्ये एक हजार २० जना संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *