आज थपिए १८६ कोरोना संक्रमित, ४,२१६ नमूना परीक्षण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार पछिल्लो २४ घण्टामा १६८ जना संक्रमितहरु थपिएका हुन् ।

योसँगै नेपालमा कूल संक्रमित हुनेको संख्या १७ हजार ८ सय ४४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या १ सय ७३ छ ।
यस्तै गत २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार २१६ नमूना परीक्षण भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *