सिमेन्टपछि डन्डीको पनि उद्यारो बिक्री बन्द, अर्बाैं रुपैयाँ कसरी उठाउने ? उद्योगीलाई चिन्ता

काठमाडौं । करिब ३० अर्ब रुपैयाँ बक्यौता भएपछि सिमेन्ट उत्पादक संघले उधारोमा सिमेन्ट बेच्न प्रतिबन्ध लगाएको केही दिनदेखि स्टील उद्योगले पनि उद्यारो बिक्री बन्द गरेका छन् ।

नेपाल सिमेन्ट उत्पादक संघले बजारमा धेरै बक्यौता भएको कारण उद्योगलाई समस्या परेको कारणले सिमेन्टको कारोबार नगदमै गर्ने निर्णय गरेको थियो । अब स्टील उद्योगहरुको पनि बजारमा बक्यौता धेरै भएपछि उद्यारो बिक्री बन्द गरेको हो ।

नेपाल स्टील तथा रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा शाख स्टीलका डाइरेक्टर किरण शाखले डण्डी उद्यारो बिक्री बन्द गरेको बताए । एउटा उद्योगको ५० लाखको हाराहारीमा बक्यौता उठ्न बाँकी छ । डिलरहरुले प्रतिकम्पनी २ ट्रकका दरले उधारो लैजाने गरेको बताए ।

‘उद्योगीहरुको धेरै बक्यौता रकम बजारमा रहेकोले उद्योग सञ्चालन गर्न नै समस्या भएको छ, उद्यारो बन्द गर्दा उपभोक्ताहरुले नै फाईदा पाउने छन्, कम्पनीहरुले भने केही दिन अघिदेखि नै उधारो बन्द गरिसकेका छन्, एसोसिएसनले भने भोली निर्णय गर्ने छ,’ शाखले भने ।

शाखले भने, ‘अनुसार बजारमा कति बक्यौता रहेको छ भनेर एसोसिएसले तथ्याङक संकलन गरिरहेको छ । विश्वमा नै उद्यारोमा डण्डी दिने हामी मात्रै हौं ।’

यस्तै उद्योगीले भारतबाट ल्याउदा पनि नगदै दिनुपर्ने शाखले बताए । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापाले सिमेन्ट उद्योगहरुको बक्यौता नउठेको कारण समस्या परेको बताए ।

उधारोमा सिमेन्ट बेच्नेलाई प्रतिबोरा पचास पैसा जरिवाना लगाउनेसमेत निर्णय समेत गरेको थापाले बताए । सिमेन्ट उद्योग वृद्धि हुदै जाँदा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको थियो ।

अस्वस्थ प्रतिस्पर्धाका कारण सिमेन्ट उद्योगीले १ सय २० दिनसम्मको उधारो दिनुपर्ने अवस्था सिर्जना भएको थियो । अस्वस्थ प्रतिस्पर्धाको कारणले उद्योगमा संकटमा पर्ने अवस्था आएपछि उधारो नबेच्ने निर्णय संघले गरेको हो । उपभोक्ताले नगदमै किन्ने सिमेन्ट उद्यागीले भने हार्डवेयर व्यवसायीलाई उधारोमा दिइरहेका थिए ।

२०७२ सालको भूकम्प पछि पुनर्निर्माणका काम सुरु भए पछि निर्माण सामाग्रीको माग वृद्धि भएको थियो । विस्तारै सिमेन्ट र डण्डीको उद्योग स्थापनामा वृद्धि हुँदै गएको थियो । बजारमा मागभन्दा बढी आपूर्ति भएपछि सामान बेच्न प्रतिस्पर्धाको कारणले बक्यौता रकम रहेको उद्यागीहरु बताउछन् ।

स्टीलको बजार
नेपालमा प्रतिमहिना करिब १ लाख मेट्रिक टन स्टील बिक्री हुने गरेको छ । आइरन तथा स्टीलको करिब १ खर्बको बजार रहेको संघले जानकारी दिएको छ । प्रतिवर्ष १३ लाख मेट्रिक टल आइरन तथा स्टील बिक्री हुने गरेको छ । ठूला लगानीका १४ वटा स्टील उद्योगहरु सञ्चालित छन् ।

नेपालमा सिमेन्ट उद्योग
नेपालमा वार्षिक करिब १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको सिमेन्टको बजार छ । अहिले नेपालमा ६१ सिमेन्ट उद्योग सञ्चालित छन् । उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर ६१ वटा उद्योग मात्रै सञ्चालनमा छन् ।

नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट उद्योग स्थापना भए ।

यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन् । नेपालमा स्वदेशी र विदेशी गरि ४ सय अर्ब रूपैयाँ सिमेन्ट उद्योगमा लगानी रहेको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *