सोलुखुम्बुका ४ जनामा कोरोना संक्रमण पुष्टि

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विदेशबाट आएका चार पुरुषमा सोमबार (आज) संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले मकालु खबरलाई जानकारी दिइन् ।

मलेसियाबाट आएका तीन र कतारबाट आएका एक जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको र उनीहरुमा कोरोना संक्रमण भएको अधिकारी शाहीले जानकारी दिइन् ।

“आजै मात्रै चार जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै विदेशबाट आउनुभएको थियो ।” उनले हामीसँग भनिन्, ‘हालका लागि उनीहरु सुरक्षित र स्वास्थ्यकर्मीको निगरानीमा छन् ।’

संक्रमितहरु सोलुदुधकुण्ड नगरपालिका र थुलृुङ दुधकोशी गाउँपालिकाका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *