नारायणीमा पानीको सतह खतरातर्फ बढ्दै, सचेत रहन आग्रह

चितवन । नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ । जलसतहले खतराको तह समेत पार गरेको छ ।

देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणीको जलसतह ८.०४ मिटर मापन गरिएको छ । उक्त स्थानमा जलसतह ८ मिटर पुगेपछि खतरको तह मानिन्छ ।

भरतपुर–२९ स्थित सिमलताललाई तनहुँसँग जोड्ने उक्त पुललाई बिहान करिब ११ बजे नै नदीले छोइसकेको थियो । अहिले नदीको तह पुल भन्दामाथि पुगेको छ ।

नारायणी नदीमा देखिएको पानीको बहाव। तस्वीरः ध्रुबराज खनाल, मकालु खबर।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले नदीको तह अझै बढ्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । बाढी पहिरो र डुवानबाट जनधनकोे क्षति हुन नदिन आफ्नो क्षेत्रमा सक्रियतापूर्क निगरानी गर्न उनले आग्रह गरेका छन् ।

यसका लागि रेस्क्यू टोली तयार रहेको भट्टराइले बताए । रेस्क्यू गर्नुपर्ने भएमा तुरुन्त खबर गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *