बारामा कोरोना : ९ जनप्रतिनिधि र १६ स्वास्थ्यकर्मी संक्रमित

काठमाडौं । बारामा ९ जना जनप्रतिनिधि र १६ जना स्वास्थ्यकर्मीसहित ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको जिल्लाका प्रजिअ रुद्र प्रसाद पण्डितले बताए ।

उनका अनुसार स्थानीय तहका ५ जना कर्मचारी र स्वास्थ्यकर्मीका परिवारका ६ जना सदस्यमा समेत संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *