लोक सेवाको परीक्षामा परिक्षार्थी र विज्ञबीचको सेटिङ्ग

काठमाडौं । सहसचिव (प्राविधिक)को अन्तरवार्ता असार ३१ गतेकाे परीक्षा स्थगित भएको छ । हाजिरसमेत भइसकेको परीक्षा परिक्षार्थी  र विज्ञबीचको सेटिङ्गका कारण स्थगित भएको श्रोतले बताएको छ ।

‘आजको परीक्षा स्थगन भएको जानकारी उपस्थितलाई गराउनुस् ।’ भन्ने अध्यक्ष उमेश मैनालीको निर्देशनपछि आयोगका कर्मचारीले परिक्षार्थीहरुलाई जानकारी गराएका थिए ।

‘विज्ञापन नं. १७१६७/०७६–७७, विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदका लागि मिती २०७७/३/३१ गते २ बजेका लागि पूर्वनिर्धारित अन्तरवार्ता (परीक्षा) कार्यक्रम विशेष कारणवश अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको व्यहोरा जानकारी गराइन्छ ।’ सूचनामार्फत् लोकसेवा कार्यालयले भन्यो ।

‘अन्तरवार्ता हुनुभन्दा अगाडि मात्रै कसैले आयोगका अध्यक्ष मैनालीलाई फोन गरेर भनेको हुनुपर्छ ‘फलानो उम्मेदवार र फलानो विज्ञबीच साँठगाँठ छ, यो अन्तरवार्ता निष्पक्ष हुँदैन भनेर । अध्यक्षज्यूलाई आयोगको निष्पक्षतामाथि आँच आउँदै छ भन्ने लागेपछि तत्काल स्थगन गर्ने निर्णय लिएको हुनुपर्छ ।’ श्रोतले भनेको छ ।

विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ एक पदका लागि आयोगले २०७६ पुस १५ र १६ गते लिएको लिखित परीक्षामा सहभागी १० जनामध्ये तीन जना अन्तरवार्ताका लागि छनौट भएका थिए ।

उनीहरूमध्येबाटै कुनै एक उम्मेदवारले विज्ञसँग सेटिङ्ग मिलाएको भन्ने खुलेपछि परीक्षा कार्यक्रम नै रद्द गरेर आयोगले गोप्य अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *