शंकर पोखरेलको प्रश्न, ‘अधिवेशनबाट भाग्न खोज्नु उचित हो र ?’

काठमाडौं । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अर्ली अधिवेशन गरौं भन्ने प्रस्तावबाट भाग्न नमिल्ने बताएका छन् ।

सोमबार आज फेसबूकमार्फत् नेता पोखरलले यस्तो बताएका हुन् । “पार्टी एकता गर्दा दुई वर्षमै एकता महाधिवेशन गर्छौं भन्ने नेताहरूले तीन वर्षभित्रै महाधिवेशन गरौं भन्दा सकिँदैन भनेर पन्छिन खोज्नु उचित हो र ?” नेकपाभित्र ओलीनिकट मानिने नेता पोखरेलले भनेका छन् ।

गत शनिबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आगामी मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

जुन प्रस्तावलाई त्यतिबेला पार्टीका अर्का अध्यक्ष प्रचण्डले पनि समर्थन जनाएको चर्चा चले पनि आइतबार (हिजो) पुनः कुनै सहमति नभएको बिफिङ्ग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *