‘राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि दुःखद’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपतिले सक्रियता देखाउनु दुःखद भएको बताएका छन् ।

सोमबार (आज) बिहान ट्वीट् गर्दै नेता कोइरालाले राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्ने टिप्पणी गर्दै यस्तो बताएका हुन् ।

“राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन । साझा, सम्मानित र सर्वोच्च निकाय हो । राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ । पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद हो ।” उनले ट्वीटरमा लेखेका छन् ।

नेकपा नेताहरुलाई पटक–पटक शितल निवास बोलाएर नेकपाको विवाद समाधानको पहल गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *