बिपी प्रतिष्ठान धरानको रजिस्ट्रारमा प्रा.डा मोहन चन्द्र रेग्मी

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिस्ट्रारमा प्रा.डा. मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । विगत एक वर्षदेखि रिक्त रहेको रजिस्ट्रार पदमा प्रतिष्ठानकै महिला तथा स्त्री रोग विभागका विभागीय प्रमुख डा. रेग्मी नियुक्त भएका हुन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार डा. रेग्मीलाई साउन ४ गते रजिस्ट्रारमा नियुक्त गरिएको छ । उनको कार्यकाल नियुक्त मितिले ५ वर्षको हुनेछ ।

उनी नेपाल चिकित्सक संघको धरानका शाखाका अध्यक्षसमेत छन्। प्राडा रेग्मी सन् २०१७ मा ‘वेस्ट प्रोफेसर इन अब्स्ट्रेटिक एण्ड गाइनेकोलोजी’ अवार्डबाट पुरस्कृत भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *